कजानमा गौरीकाको दोश्रो राष्ट्रिय किर्तिमान

gaurika-300x187
रसीयाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा गौरीकाले दोश्रो राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् । उनले १०० मिटर फ्रिस्टायल १ मिनट ३.२३ सेकेन्डमा पुरा गर्दै आप्mनो नाममा रहेको किर्तिमानमा ६८ डिजिटले सुधार गरेकी छिन् । यस अघि उक्त दूरीमा उनको १ मिनट ३.९१ सेकेन्डको समय कायम थियो । उनले उक्त समयको किर्तिमान जेठमा काठमाण्डौमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेकी थिईन् ।
उक्त प्रतिस्पर्धाको हिटमा दोश्रो स्थानमा आएकी उनी समग्रमा ८१ औं स्थानमा रहेको टिम ब्यवस्थापक बासुदेव निरौलाले जानकारी गराए । प्रतियोगितामा ९० खेलाडीहरुको सहभागिता रहेको थियो ।

Comment