सिगापुरमाथि नेपालको जित

cricket photo

नेपालले आइसीसी र्वल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतबार भएको खेलमा सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७३ रनमा सिमित भयो । नेपाललाई फरकािले जित दिलाउने क्रममा बसन्त रेग्मीले ५.४ ओभरमा ६ रन मात्र खर्चीदै चार विकेट लिए । सिंगापुरको शिर्ष क्रमलाई ध्वस्त पार्ने काम भने सोमपाल कामीले गरेका थिए । उनले नौ ओभरमा ४१ रन खर्चीदै चार विकेट लिए । यसैगरी अमृत भट्टराइले ५ ओभरमा १९ रन खर्चीदै दुइ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले नौ विकेटको क्षतीमा २६३ ररनको योगफल खडा गर्यो । नेपालका लागि म्यान  अफ  द म्याच ज्ञानेन्द्र मल्लले ११४ रनको योगदान गरे । १२५ बलको सामना गरेका ज्ञानेन्द्रले १३ चौका र एक छक्का प्रहार गरे । उनलाई मोहेबा धर्मीचन्दले आउट गरे । सिंगापुरका अमजाद मोहमुदले नौ ओभरमा ४७ रन खर्चीदै चार तथा धर्मीचन्दले १० ओभरमा ३१ रन खर्चीदै तीन विकेट लिए । पहिलो खेलमा युगान्डासंग पराजित नेपालले दोस्रो खेलमा बर्मुडालाई पराजित गरेको थियो
आइतबार भएका अन्य खेलमा बर्मुडाले मलेसियालाई डर्कवर्थ लुइसको आधारमा ३७ रनले हरायो भने युगान्डाले अमेरिकालाई डर्कवर्थ लुइसको आधारमा २४ रनले नै हरायो ।

Comment