तेक्वान्दोकर्मी कोरिया प्रस्थान

10735947_10203861769797086_1158116274_n
दक्षिण कोरियामा हुने ग्लोबल तेक्वान्दो मास्टर्स कोर्षमा सहभागि हुन नेपालका चार जना तेक्वान्दोकर्मी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिश्वका ४५ जना प्रतिभाशाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने कोर्षमा मुस्कान तेक्वान्दो डोजांगकी मिनु कार्की, खुमल तेक्वान्दो डोजांगकी सञ्चिता राउत, गौशाला तेक्वान्दो डोजांगका टिका दाहाल र कोटेश्वर तेक्वान्दो डोजांगका राजिव बस्नेत सहभागि हुने छन् ।
सहभागि हुने प्रशिक्षकलाई बिहिबार काठमाडौ जिल्ला तेक्वान्दा् संघले विदाइ गरे । जिल्ला तेक्वान्दो संघका सचिव कुमार लामाले दिएको जानकारी अनुसार ६ साता लामो कोर्ष मध्यको एक हो । विदाइ कार्यक्रममा प्रमुख अतिथी तेक्वान्दोका बरिष्ठ मुख्य साहयक प्रशिषक अर्जुन बिकले यी चार जनै प्रशिक्षक प्रतिभासाली भएका कारण यो कोर्ष नेपाली तेक्वान्दोको विकासमा उनीहरुको योगदान महत्वपूर्ण रहने बिश्वास ब्यक्त गरे ।
काठमाडौ जिल्ला तेक्वान्दो संघका  उपाध्यक्ष प्रमोद पराजुलीको सभापतीत्वमा भएको कार्यक्रममा ग्रेडिंग कमिटीका सचिव नोर्बु लामा र प्रतियोगिता कमिटीका सचिव बद्री घिमिरेको पनि उपस्थिती थियो ।

Comment