राष्ट्रब्यापी खुला तेक्वान्दो पोखरामा

loktantrik khelkud sangh
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा प्रथम राष्ट्रब्यापी जुनियर अन्तर विद्यालयस्तरिय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
पोखरा रङ्गशालामा १४ र १५ कार्तिकमा  हुने प्रतियोगितामा देशभरिबाट करिव ३ सय खेलाडीले छात्र तर्फ १५ र छात्रा तर्फ १४ गरि कुल १९ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक अर्जून थापाले जानकारी गराए ।
आठ लाख पचास हजार रकम लाग्ने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा लक्ष्मी गु्रप रहेको छ भने सहप्रायोजकमा पोखरा ट्रेड मल रहेकोछ ।
विजयी खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिने छ भने छात्र तथा छात्रा तर्फका दुई उत्कृष्ट खेलाडीहरुलाई नगद १०÷१० हजार प्रदान गरिनेछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना पश्चातको पहिलो प्रतियोगिता भएको संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले बताए ।

Comment