यासिफ ६९ औं स्थानमा

दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत पौडीमा नेपालका यासिफ मानन्धरले बुधबार ६९ औं स्थान हासिल गरेका छन् ।
नाम्बु युनिभर्सिटी एक्वेटिक्स सेन्टरमा यासिफले पुरुषको ५० मिटर ब्रेस्टस्ट्रोक ३९.०१ सेकेन्ड समयमा तय गरे । ७१ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा यासिफ समग्रमा ६९ औं भएका हुन् । यो स्पर्धामा यासिफको उत्कृष्ट प्रदर्शन ३७.८१ सेकेन्ड रहेको छ ।
यासिफले गाम्बिया र तान्जनियाका खेलाडीलाई पछि पारेका थिए । उनले पहिलो हिटमा प्रतिस्पर्धा गरेका थिए । बिहीबार पौडीमा नेपालकी जित्ज्वाली महर्जनले महिलाको ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् ।

 

Comment