रमेश र फुपु सम्मनित

judo
दक्षिण कोरियाको इन्चन सहरमा आयोजित १७ औं एशियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी रमेश मगर र फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगदद्वारा सम्मान गरेको छ ।
खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले १०÷१० हजारको चेक प्रदान गरे । जुडो संघले खेलाडीहरुले पुरा समय खेलेमा नगदद्वारा सम्मान गर्ने पूर्व घोषणा अनुरुप सम्मान गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए ।
१७ औं एशियाडमा रमेशले ६६ केजीमा र फुपुले ६३ केजीमा प्रतिस्पर्धा गरेका थिए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय डान कोदोकान डान प्राप्त गर्ने खेलाडीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । जापनको मान्यता प्राप्त कोदोकान डान प्राप्त गर्ने पहिलो डान प्राप्त गर्ने १४ जना, दोश्रो डानमा ७ जना, तेश्रो डानमा ७ जना र चौथो डानमा २ जनालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Comment