एपीएफ र जनकपुरे सेमिफाइनलमा प्रवेश

cricket pokhara
पोखरा
विभागीय टीम एपीएफ क्लब र क्षेत्र नं. ७ जनकपुर नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शनिबार भएको लिगचरणको अन्तिम खेलमा क्षेत्र नं. ३ काठमाडौंलाई ६० रनले पराजित गर्दै एपीएफ क्लब समूह ए बाट सात अड्ढसहित सेमिफाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ११५ रनको योगफल तयार पारेको थियो। त्यसमा अतिरिक्त ३० रन समावेश छ।उसको लागि ओपनर मधु थापाले नटआउट ४४ रन बनाइन्। उनले ५१ बलमा छ चौका हानेकी थिइन्।कप्तान रुबिना क्षेत्रीले २४ बलमा तीन चौकासँगै १६ रन बनाइन्।र उनी गीता चुडालको बलमा बोल्ड भइन्।रितु कनौजियाले एक चौका हान्दै १२ बलमा १२ रन जोडिन्। ज्योति पाण्डेले १९ बलमा सात, निमा तामाङले ११ बलमा नटआउट पाँच तथा सीता रानामगरले चार बलमा मात्र एक रन जोडे भने सरिता मगर र निरा राजोपाध्याय रन नै नबनाइ आउट भए। सरिता सुमन खतिवडाको बलम विकेटकिपर अस्मिता खरेलद्वारा क्याचआउट भइन् भने निरा पनि आरती बिँडारीको बलमै विकेटकिपर अस्मिताद्वारा क्याचआउट भइन्।
बलिङतर्फ काठमाडौंका आरती बिँडारी, सन्ध्या उप्रेती, गीता चुडाल र कमला राईले एक–एक विकेट लिए।एक विकेटको लागि आरतीले १४, सन्ध्याले २२, गीताले २१ र कमलाले १६ र खर्चिए।
जवाफी ब्याटिङ गरेको काठमाडौं १७.२ ओभरमा अलआउट हुँदै जम्मा ५५ रनमा समेटियो। काठमाडौंका लागि सुमन खतिवडाले सर्वाधिक १३ रन बनाइन्। २० बलमा एक चौका पनि हानेकी उनी निरा राजोपायायको बलमा बोल्ड भइन्। अन्य खेलाडीे दोहोरो अड्ढबनाउन सकेनन्। आठ बलमा एक चौकासँगै आठ रन जोडेकी गीता चुडाल सीता रानामगरको बलमा बोल्ड भइन्।१८ बलमा एक चौकासँगै छ रन बनाएकी मेलिना रायमाझीद्वारा रनआउट भइन्।आरती बिँडारी दुई, प्रिया चौधरी तीन, अस्मिता खरेल दुई तथा मौसमी केसीले तीन रन बनाए। सन्ध्या उप्रेतीले छ बलमा नटआउट तीन रन जोडिन्। ग्रीसा गोले, रबिना हमाल र सन्ध्या वाग्लेलाई सरिता मगरले कुनै रन नदिई पेवेलियनको बाटो देखाइदिइन्।
काठमाडौंलाई ५५ रनमै रोक्न एक्लै छ विकेट लिएकी सरिता मगर प्लयेर अफ दी म्याच भइन्।उनले त्यसको लागि चार ओभरमा मात्र छ रन खर्चिएकी थिइन्। यस्तै निरा राजोपाध्यायले १.२ ओभरमा सात रन दिएर दुई विकेट लिइन् भने चार ओभर बल फालेकी सीता रानामगरले २१ रन दिएर एक विकेट लिइन्। हारका बाबजुत पनि काठमाडौंको सेमिफाइनल प्रवेश गर्ने सम्भावना भने बाँकी नै छ।
अर्को खेलमा क्षेत्र नं. १ विराटनगरले क्षेत्र नं. ५ नेपालगञ्जलाई तीन रनले पराजित ग¥यो।टस हारेर ब्याटिङ गरेको विराटनगरले १८ ओभरमा नौ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। उसको लागि रोमा थापाले चार चौकाको सहयोगमा ३९ बल फाल्दै सर्वाधिक ३१ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अड्ढ बनाउन सकेनन्।सुरुवातमै ब्याटिङ गर्न आएकी कप्तान काजोल श्रेष्ठ दुई बलमै तिर्सना सिहंको बलमा विकेटकिपर ममता थापाद्वारा क्याचआउट भइन्।त्यस्तै दुई चौका हानेकी अर्की ओपनर अप्सरा बेगम पनि सात बलमा नौ रन जोडेर तिर्सनाकै बलमा एलबी डब्लु भइन्।संगीता राई एक चौका हान्दै ११ बलमा छ रन बनाएर शर्मिला मगरको बलमा बोल्ड भइन्।अन्य खेलाडीमा उषा चापागाई बिना रन गीता गोसाइको बलमा एलबीडब्लु भइन्।शिक्षा क्षेष्ठ पनि तिर्सनाकै बलमा बोल्ड भइन्।सवनम राई र कृति दुलाल क्रमशः गीता गोसाइ र शर्मिला मगरको बलमा एलबीडब्लु भए।रोश्ना राई एक रनमै प्रतीक्षा जिएमको बलमा तिर्सना सिंहद्वारा क्याचआउट इन्।शान्ति रसाइलीले नआउट एक रन बनइन्।
बलिङतर्फ नेपालगञ्जका तिर्सना सिंह र गीता गोसाइले तीन–तीन, शर्मिला रोकामगरले दुई तथा प्रतीक्षा जिएमले विराटनगरको एक विकेट लिए। तिर्सनाले चार ओभरमा ११ तथा गीताले तीन ओभरमा पाँच रन दिएर समान तीन विकेट लिएका थिए।
७४ रनको लक्ष्य पाएको नेपालगञ्ज भने १८ ओभरमा सात विकेट गुमाउँदै मात्र ७० रनमा रोकियो। नेपालगञ्जका गीता गोसाइले एक चौका हान्दै ४३ बलमा नटआउट २९ रन बनाइन्।ओपनर गीता गोसाइ छ बलमा मात्र एक रन जोडेर संगीता राईको बलमा उषा चापागाईद्वारा क्याचआउट भइन्।अर्की ओपनर सन्जु चौधरी पनि बिनारन सवनम राईको बलमा क्याचआउट भइन्।कप्तान ममता थापा छ रन बनाएर उषा चापागाईको बलमा विकेटकिपर काजोल श्रेष्ठद्वारा क्याचआउट भइन्।
रेखा विसी सवनम राईकै बलमा शिक्षा श्रेष्ठद्वारा क्याचआउट हुँदै एक बलमा पवेलियन फर्किइन्।अन्य खेलाडी मनिषा रावल चार, सम्झना शर्मा पाँच, साया बस्नेत तीन रनमा आउट भए।शर्मिला मगरले नटआउट चार रन बनाइन्।
बलिङतर्फ नेपालगञ्जलाई रोक्न चार ओभरमा १६ रन दिएर तीन विकट लिएकी विराटनगरकी सवनम राई प्लयेर अफ दी म्याच घोषित भइन्।यस्तै संगीता राई, उषा चापागाई र शान्ति रसाइलीले एक–एक विकेट लिए।
चितवनमा जारी समूह बी को खेलअन्तर्गत क्षेत्र नं. ७ जनकपुर सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा क्षेत्र नं. ९ धनगढीलाई १५ रनले पराजित गर्दै चार खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह बी बाट आठ अड्ढसहित जनकपुर सेमिफाइनलमा प्रवेश गरेको हो।
अर्को खेलमा क्षेत्र नं. ६ वैतडीले क्षेत्र नं. २ वीरगञ्जलाई २७ रनले पराजित ग¥यो। समूह बी मा समन तीन खेल खेलेका क्षेत्र नं. ४ भैरहवाको चार, क्षेत्र नं. २ वैतडीको दुई अड्ढ छ भने तीन खेलमा हार बेहोरेको वीरगञ्ज अड्ढबिना पुछारमा छ।
आइतबार लिगचरणका अन्तिम खेल हुनेछन्। जसअनुसार पोखरामा क्षेत्र नं. ३ काठमाडौं र क्षेत्र नं. ५ नेपालगञ्जबीच पहिलो तथा क्षेत्र नं. १ विराटनगर र क्षेत्र नं. ८ पोखराबीच दोस्रो खेल हुनेछ। यस्तै चितवनमा क्षेत्र नं. २ वीरगञ्ज र क्षेत्र नं. ९ धनगढीबीच पहिलो तथा क्षेत्र नं. ४ भैरहवा र क्षेत्र नं. ६ वैतडीबीच दोस्रो खेल हुनेछ।

Comment