थापा दुइ महिना स्थगनमा

Ganesh thapa in press meetअखिल नेपाल फुटबल संघ ( एन्फा )का अध्यक्ष गणेश थापाले दुई महिनासम्म एन्फा अध्यक्षको रुपमा काम नगर्ने घोषणा गरेका छन् । ५८ करोड रुपिया आर्थीक अनीयमितताको आरोपमा संसदको सार्वजनिक लेखा समितिले दुई महिना पद स्थगन गर्न निर्देशन दिएको २१ दिनपछि थापाले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कोषध्यक्ष विराटजंग शाहीको जिम्मेवारी स्थगन गरी सहकोषध्यक्ष रविन्द्र जोशीलाई दिइएको हो । यद्यपी लेखा समितीले बरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव धिरेन्द्र प्रधानलाई पनि स्थगनका लागि निर्देशन दिएको थियो । सोमबार पत्रकार सम्मेलनमा थापाले श्रेष्ठलाई जिम्मेवारी दिए पनि अन्य दुइ अधीकारीको स्थगनको बारे बोल्न चाहेनन्् ।
२० बर्ष अघि केशब स्थापीत राखेपको सदस्य सचिव भए पछि एन्फा अध्यक्ष बनेका थापा यस अघि दुइ पटक संकटमा परेका थिए । बि.स २०५७ मा तत्कालीन सरकारले एन्फा विघटन गरे पछि राष्ट्रिय मान्यता प्राप्त फुटबल संघ र फीफाबाट मान्यता प्राप्त फुटबल संघ रहेका थिए । सरकारले संघ विघटन गरेर गीता राणालाई अध्यक्षको जिम्मेवारी सुम्पीएको थियो । तीन बर्ष पछि यो विवाद सकिएको थियो ।
२०६३ मा फुटबल संघविरुद्धमा क्लबहरुले गरेको आन्दोलनको कारण तीनबर्ष नेपाली फुटबल अबरुद्ध भएको थियो । संयोगबश पहिलो पटक थापाविरुद्ध बिद्रोहकोे अगुवाइ गर्दै राष्ट्रिइ मान्यता प्राप्त एन्फालाई साथ दिएका ललीतकृष्णले नै थापा स्थगनमा परे पछि कमसेकम कम दुइ महिना संघको जिम्मेवारी पाउन सफल भएका छन् ।
बदलीएको समिकरण
गत बर्ष भएको संघको साधारण सभामा उपाध्यक्ष पदमा २०६३ मा विद्रोह गर्ने समुहको प्रतिनिधीत्व गर्दै विजय नारायण मानन्धर उपाध्यक्ष बनाइएको चर्चा चलेको थियो । अहिले उनको साथमा किशोर राइ ,कर्मा छिरिंग शेर्पा, पंकज नेम्बांग, सुनील कपाली र कृष्णभक्त मानन्धर रहेका छन् । लामो समय देखि फुटबल प्रसासनमा रहेका कृष्णभक्त संयोगबश थापा विरुद्धको तीनवटै विद्रोहमा सक्रिय रहे । विजयले सदाबाहर थापा विरोधी क्लबको छबी बनाएको आरसिटीको प्रतिनिधीत्व गर्छन् । २०५७ मा राष्ट्रिय मान्यता प्राप्त संघको रुपमा उपाध्यक्षको रुपमा फुटबल संघमा प्रबेश गरेका कर्मा छिरिंग र ललीतकृष्णकै थापालाई अध्यक्षको रुपमा पुर्नबहाली गराउन भुमिका रहेको थियो ।
आफैले गीता राणालाई अध्यक्षको रुपमा चयन गरे पनि २०५९ मा भएको राष्ट्रिय मान्यताप्राप्त संघको साधारण सभामा तत्कालीन सदस्य सचिव बिनोद शंकर पालीखेले तासी घलेलाई समर्थन गरेका थिए । साधारण सभामा घले पराजित हुदै राणाले जित हात पारे पछि घले, ललीत र कर्मालाई साथमा लिएर पालीखेले गणेश थापालाई पुर्नस्थापीत गरेका थिए ।
त्यसै समय देखि प्राय एन्फा विवादमा संगै रहदै आएका ललीत र कर्मा भिन्न कित्तामा रहेको यो पहिलो पटक हो । सोमबार नै कोशाध्यक्षको जिम्मेवारी पाएका रबिन्द्र जोशी भने २०६३ मा भएको थापा विरोधी आन्दोलनमा रहेका कारण सहमती पछि सहकोशाध्यक्ष भएका थिए ।
थापाको यो २० बर्षे कार्यकालमा महेश विस्ट, नरेन्द्र श्रेष्ठ, सुनील राणा, बिराटजंग शाही र मणी कुबर लगायतको समुह सदाको सहयोगीको रुपमा परिचित रहे ।
थापाको कार्यकाल Ganesh thapa in press meet
थापाको कार्यकालमा आर्थीक अनुशाषनको कुरा यदाकदा उठे पनि यो अबधी नेपाली फुटबल अन्य केही कारणले चर्चामा रह्यो । एन्फा एकडेमीको निमार्ण, नेपालबाट साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सुरुवात र फुटबलमा बढेको क्रेज र लगानी उनको कार्यकालका प्रमुख काम बने ।
उमेर समुहमा राम्रो नतीजा आए पनि राष्ट्रिय टोलीले लामो अबधीसम्म उपाधि नजीते पछि उनको कार्यकाल त्यत्तिकै आलोचीत पनि बन्योे । केही फुटबल अधीकारी उनीसंग केही समय अत्यन्त निकट रहने र केही समय पछि विद्रोह गर्ने गरेको प्रसंग फुटबलमा चासो दिनेका लागि आश्चर्यजनक बन्ने गरेको छ । एन्फामा विबाद बढ्दा थापाको पक्षमा या विपक्षमा बक्तब्य निकाल्नमै ब्यस्त रहेने गरेका पूर्व महासचिव लोक बहादुर शाही भने यस पटकको विवादमा टाढै रहे ।
विगतमा पनि नेपालका प्रमुख राजिनितीक दलको माथिल्लो निकायले नै फुटबलकोे नेतृत्व दायी पदमा आखा लगाए पनि फीफा र एएफसीको गतीलो साथका कारण यो सबै निरर्थक भएको थियो ।
एसियाली फुटबल महासंघका उपाध्यक्ष रहेका थापाका लागि एसियाली फुटबलमा देखिएको परिवर्तनले प्रतिकुल प्रभाव पारेको अनुमान धेरैको छ ।

Comment