पुलिस र एपीएफलाई उपाधि

v2vk 2

पुलिस र एपीएफले दोस्रो एनभीए कप भलीबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको पुरुष तर्फको फाइनलमा पुलिसले एपीएफलाई २५–२२, २५–२३ र २५–१९को सोझो सेटमा पराजित गर्यो । महिला तर्फको फाइनलमा एपीएफले पश्चिमाञ्चललाई २५–२२,२५–२० र २५–१९ को सोझो सेटमा हरायो ।
पुरुष तर्फ तेश्रो स्थानको लागि भएको खेलमा नेपाल आर्मी क्लबले हेल्प नेपाललाई २५–१७,२५–२७ र २५–९ को सोझो सेटमा हरयो । महिला तर्फ भएको खेलमा नेपाल पुलिस क्लबलाई २५–२०,२५–२१ र २५–२३ ले हराउदै न्यु डाइमन्ड स्पोर्ट्स एकेडेमी तेस्रो भयो ।
प्रतियोगितामा पुरुषतर्फ पुलिसका कुल बहादुर थापा तथा मपहला तर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा एपीएफका महेन्द्र श्रेष्ठ बेस्ट ब्लकर र पुस्पजंग मल्ल बेस्ट लिबरो घोषित भए । बेस्ट सर्भर आर्मीका मान बहादुर श्रेष्ठ, स्पाइकर पुलिसका चन्द्र कुबर तथा बेस्ट सेटर पुलिसक श्रेष्ठ इम राना मगर घोषित भए ।
महिला तर्फ बेस्ट स्पाइकर न्यु डाइमन्डकी प्रतिभा माली, बेस्ट ब्लकर एपीएफकी उषा बिस्टर र बेस्ट लिबरो न्यु डाइमन्डकी सलिना श्रेष्ठ घोषित भए । बेस्ट सर्भर पश्चिमाञ्चलकी अरुणा शाही तथा बेस्ट लिफ्टर एपीएफकी बिनीता बुढाथोकी घोषित भए ।
प्रतियोगिताको विजयी टोलीले एक लाख, उपविजयीले ६० हजार तथा तेस्रो हुने टोलीले ४० हजार रुपिया पुरस्कार पाए । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपिया तथा विधागत उत्कृष्टले ५ हजार रुपिया पुरस्कार पाए ।

Comment