सुशिला र विकास जीवनको लागि दौडमा पथम

world race challenge

प्रगती शिक्षाकी सुशिला खड्का र स्वर्ण शिक्षाका विकास तामाङ “जीवनको लागि दौड” भन्ने मुल नाराका साथ आयोजित दौड प्रतियोगितामा शनिबार प्रथम भएका छन् ।
५ कि.मी.को दौडमा छात्रा तर्फ खड्काले २६ मिनट ०८.९ सेकेन्डमा पुरा गरिन भने छात्र तर्फ तामाङले दुरी पुरा गर्न २१ मिनट २६.१ सेकेन्डको समय लगाए । प्रतियोतिगामा छात्रा तर्फ गोकर्ण हायर सेकेन्डरी स्कुलकी सिता कार्की २८ मिनट २१.५ सेकेन्डका साथ दोश्रो र त्रि पद्यम स्कुलकी कल्पना तामाङ २८ मिनट ५८.७ सेकेन्डका साथ तेश्रो भईन् ।
यसै गरि छात्र तर्फ गोकर्ण हायर सेकेन्डरीका मनिष राई २१ मिनट ४२ सेकेन्डका साथ दोश्रो र वल्र्ड युथ ईन्टरनेशनलका संजीव श्रेष्ठ २१ मिनट ५२.७ सेकेन्डका साथ तेश्रो भए ।
नेपाल एथलेटिक्स संघ र सेभ द चिल्ड्रेन इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजयी प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले नगद १० हजार, ८ हजार र ५ हजारका साथै पदक प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई व्यवस्थापिका संसद महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्वन्धि समितिका सभापती रञ्जु झा र सभासद एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव शाहले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा सभासद तेजी लाल चौधरी र सेभ द चिल्ड्रेनका कन्ट्री डाईरेक्टर जगत खड्काको समेत उपस्थिती रहेको थियो ।
गरिवी र कुपोषणका कारण हुने ५ बर्ष मुनीका बाल मृत्युदरलाई हटाउन सचेत गराउने उद्धेश्यका साथ आयोजना गरिएको दौडमा काठमाण्डौका १७ सरकारी स्कुलका करिव १ हजार बालबालिकाले सहभागिता जनाएका थिए ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई जमल, केशरमहल, दरवारमार्ग, रत्नपार्क, भद्रकाली, शहिदगेट हुंदै पुनः दशरथ रङ्गशालामा आएर टुङ्गिएको थियो । हङ्गगर एण्ड पोभर्टी दिवसका अवसरमा विश्वका ४० राष्ट्रमा एकै दिन दौड प्रतियोगिता आयोजना भएको सेभ द चिल्ड्रेनका मेडिया तथा कम्युनिकेशनका डाईरेक्टर सुदर्शन श्रेष्ठले जानकारी गराए ।

Comment