न्यू डायमण्ड र एपीएफ सेमिफाईनलमा

nd photo
न्यू डायमण्ड स्पोर्टस् क्लब र एपीएफ क्लब दोस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसीपको सेमिफाईनलमा प्रबेश गरेका छन् । बिहिवार भएको महिलातर्फको अन्तिम लिग खेलमा दुवैले आफ्नो प्रतिद्धन्दीलाई सोझो सेटमा हराउदै समूह बिजेताको रुपमा अन्तिम चारमा स्थान सुरक्षित गरे । न्यू डायमण्डले अपराजित रहदै दाङको चिरगाउ खेल विकास समितिमाथी २५–४,२५–१ र २५–४ को सहज जित निकाल्यो । दोश्रो खेलमा एपीएफले पनि अपराजित रहने क्रममा पश्चिमान्चललाई २५–१८,२५–२१ र२५–्१६ ले पाखा लगायो । पराजय ब्यहोरे पनि पश्चिमान्चल समूह बी बाट उपबिजेताको रुपमा समूह क को बिजेता न्यूडायमण्डसग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाईनलमा विभागिय टिम एपीएफको सामना विभागिय टिम नेपाल पुलिसले गर्ने छ ।
नेपाल भलिबल संघको आयोजनामा राखेप कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फको पनि सेमिफाईनलको समिकरण पूरा भएको छ । समूह क बाट बिजेताको रुपमा नेपाल पुलिस र उपबिजेताको रुपमा हेल्प नेपाल स्पोर्टस् क्लबले अन्तिम चारमा स्थान बनाएका छन् । समूह बी बाट एपीएफ क्लब बिजेता र त्रिभुवन आर्मी क्लब उपबिजेता रुपमा सेमिफाईनलमा प्रबेश गरेका छन् ।

बिहिवारको पुरुषतर्फको अन्तिम लिग खेलमा शशस्त्र प्रहरीले नेपाली सेनालाई कडा संघर्षमा ३–२ सेटले हरायो । पहिलो सेट १४–२५ ले गुमाएको शशस्त्रले दोस्रो सेट २५–२० ले जितेको थियो भने तेस्रो सेट २४ २६ ले गुमाएको थियो । चौथो सेट २५–२३ र अन्तिम सेट १५–७ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यस्तै नेपाल पुलिसले ढोरपाटनलाई २५–१३,२५–५ र २५–१६ ले पाखा लगायो । लिगकोे अन्तिम खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले भक्तपुर नगरपालिक प्रशिक्षण समूहलाई २८–२६,२५–१७ र २५–१३ को सोझो सेटमा हराउदै सेमिफाईनलमा एपीएफसग भेट पक्का गर्यो ।

Comment