नेपालमा क्रिकेट

cricket nepalनेपाली खेलकुदमा सबैभन्दा पुरानो खेलमध्ये क्रिकेट हो । १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भियाएको मानिन्छ । तर, आफ्नै मनोरञ्जनका लागि भिœयाएको खेल जनस्तरमा ल्याएनन् । देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यमा २००४ सालमा नेपाल क्रिकेट संघको स्थापना भए पनि २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त र मित्रहरूमा सीमित थियो । राणाका दरबार र टुँडिखेल क्रिकेट खेलिने मैदान थिए । राणाकालमै स्थापित संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय  संघको रूपमा दर्ता पायो । नेपाली क्रिकेटको औपचारिक विकासमा यसलाई ठूलो उपलब्धि मानिन्छ । तथापि, ०४० को दशक अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन । २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एफिलिएट सदस्य भएको नेपाल त्यसको दुई वर्षपछि एसियाली क्रिकेट परिषद् (एसिसी) को सदस्य बनेको थियो ।

२०५२ सालमा आइसिसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँगै नेपालमा क्रिकेट लोकप्रियता बढ्न थालेको थियो । ०४० कै दशकमा काठमाडौंबाहिर पनि क्रिकेट मैदानहरू बनाउने क्रम सुरु भए । जसमा खासगरी कलैया, वीरगन्ज, जनकपुर, नेपालगन्ज, भैरहवा लगायत तराईका सहरहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ । त्यही बेला नेपाल क्रिकेट संघअन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना हुन थालेपछि स्कुलस्तरमा पनि क्रिकेट लोकप्रिय हुन थाल्यो । जसले क्रिकेटप्रतिको मोह देशव्यापी फैलाउन महŒवपूर्ण भूमिका खेल्यो ।सीमित स्रोतसाधन बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान ग¥यो । पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो । ब्रुनाई र जापानलाई हराए पनि नेपाल पहिलो चरणबाटै बाहिरियो । समूहका ६ टोलीमा नेपाल चौथो भएको थियो । २०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मा¥यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रिय स्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो ।

नयाँ सहस्राब्दीको सुरुआत नेपाली क्रिकेटका लागि सुखद रह्यो । युवा विकास परियोजनामा ध्यान दिनुको फल पाउनेक्रममा सन् २००० मा नेपाली युवा टोली यु–१९ विश्वकपमा आठौं भयो । सिनियर टोलीले पनि आइसिसी ट्रफीको सेमिफाइनल पुगेर सुखद भविष्य संकेत ग¥यो । शारजहाँमा हङकङसँग पराजित हुँदा नेपालको फाइनल यात्रा सम्भव भएन । लगत्तै अर्को वर्ष यही प्रतियोगिताको अर्को संस्करणमा ओन्टारियोमा नेपालले जर्मनी र गिब्राल्टारलाई हराएर आफूलाई प्रमाणित ग¥यो । तर, टोली प्रतियोगिताको उपविजेता भएको नामिबियासँग पराजित हुँदा समूह चरण पार गर्न भने सफल भएन । सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधिमै कब्जा जमायो । २००४ मा नेपालले पहिलोपल्ट आइसिसी इन्टरकन्टिनेन्टल कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो । नेपालले त्यो बेला मलेसिया र युएईसँग खेलेको थियो । मलेसियालाई हराए पनि युएईसँग बराबरीमा सीमित हुँदा नेपाल सेमिफाइनल पुग्नबाट भने वञ्चित भयो ।

२००४ मा एसिसी फास्ट ट्र्याक नेसन्स प्रतियोगितामा तेस्रो भएर २००५ को एसिसी ट्रफीलाई छानियो । जहाँ नेपाल पाँचौं भएर आइसिसी ट्रफी खेल्न योग्य भयो । उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर नेपालले तेस्रो स्थान पाएको थियो । तेस्रो स्थानमा सीमित भएपछि नेपाल आयरल्यान्डमा हुने आइसिसी ट्रफीमा छनोट भएन । त्यही वर्ष आइसिसी इन्टरकन्टिनेन्टल कपमा युएईलाई हराएपछि हङकङसँग बराबरी गरेको नेपाल एसिसी फास्ट ट्रयाक नेसन्स प्रतियोगितामा उपविजेता भयो ।

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघिबढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगिताबाट दुई टोलीमात्र डिभिजन फोरलाई छानिनेमा नेपाल तेस्रो भएपछि टोलीको विश्वकप २०११ खेल्ने आशा ढिलो स¥यो । सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो ।

सन् २०१२ मै शारजहाँ क्रिकेट रंगशालामा नेपाल र युएईले एसिसीट्रफी एलिटको उपाधि बाँडे । नेपाली क्रिकेटको यो त्यतिबेला सम्मको सबैभन्दा ठूलो उपलब्धि थियो । जसले नेपाल र युएई सँगै तेस्रो भएको अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाजस्ता टेस्ट खेल्ने देशसम्मिलित एसिसी इमर्जिङ नेसन्स प्रतियोगितालाई छानिए । २०१३ को सुरुआतमा काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा फाइनल पुगेर युएईमा जारी विश्व ट्वान्टी–२० कप छनोटलाई छानिएको नेपाली टोलीले बुधबार हङकङलाई हराएर पहिलोपल्ट विश्वकप खेल्ने अवसर जुराएको छ । साथमा डिभिजन टुमा छनोट भएको टोलीले आगामी  जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट खेल्नेछ ।

  • नेपाली क्रिकेटको टाइमलाइन

विक्रम सम्वत् २००२ साल : नेपाल क्रिकेट संघको स्थापना (नेपालको पहिलो आधिकारिक खेल संघ) 

सन् १९८८ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एफिलिएट सदस्य

 सन् १९९० : एसियाली क्रिकेट परिषद (एसिसी) सदस्य सन् १९९६ ः आइसिसीको एसोसिएट सदस्य

सन् १९९६ : एसिसीको पहिलो अन्तर्राष्ट्रिय सहभागिता (नेपाल समूह चरणबाटै बाहिर)

सन् २००१ : आइसिसीको पहिलो अन्तर्राष्ट्रिय सहभागिता (नेपाल समूह चरणबाटै बाहिर)

सन् २००३ : एसिसीको पहिलो उपाधि–एसिसी इमर्जिङ कप, काठमाडौं (माल्दिभ्स र भुटान सम्मिलित)

सन् २००६ : एसिसीको पहिलो प्रमुख उपाधि (एसिसी फास्ट ट्र्याक कन्ट्रिज, पाँच राष्ट्र सम्मिलित)

सन् २००७ : ट्वान्टी–२० मा पहिलो अन्तर्राष्ट्रिय सहभागिता (एसिसी ट्वान्टी–२० कपमा नेपाल समूह चरणबाटै बाहिर)

 सन् २०१० : आइसिसीको पहिलो उपाधि (विश्व क्रिकेट लिग डिभिजन ५, काठमाडौं)

सन् २०११ : तेस्रो सहभागितामा नेपाल पहिलोपल्ट एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा

सन् २०१२ : पहिलोपल्ट आइसिसीको प्रमुख प्रतियोगितामा सहभागिता जनाउने क्रममा विश्व ट्वान्टी–२० छनोटमा सातौं

सन् २०१३ : एसिसी ट्वान्टी–२० कपको फाइनलमा पुग्दै नेपाल लगातार दोस्रो वर्ष विश्व ट्वान्टी–२० छनोटमा पुग्न सफल

सन् २०१३ : विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जित्दै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल

सन् २०१३ : विश्व ट्वान्टी–२० छनोटको क्वार्टरफाइनलमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपल्ट ट्वान्टी–२० विश्वकपमा पुग्न सफल 

 सन् २०१४ : नेपाल पहिलो पटक एकदिवसीय विश्वकप छनोटको अन्तिम चरणमा सहभागी । १० टोलीमा नेपाल नवौं स्थानमा ।

Leave A Response