घलानको परिवारलाई सहयोग

साउन महिनामा आएको बाढीकारण निधन भएका तेक्वान्दो खेलाडी सोनाम घलानको परिवारलाई आर्थीक सहयोग प्रदान गरिएको छ । मकाउमा बस्ने तेक्वान्दो खेलाडीको पहलमा दिवंगत घलानको परिवारलाई १ लाख ८ हजार रुपिया सहयोग गरिएको हो । ललीतपुर जिल्ला तेक्वान्दो संघको प्रथम साधारण सभामा उनको परिवारलाई सहयोग प्रदान गरिएको हो ।
मकाउमा बस्दै आएका तेक्वान्दो खेलाडी घनस्याम खड्काले सो रकम हस्तान्तरण गरे । यस अघि जिल्ला तेक्वान्दो सघले घलानको परिवारलाई १ ३६ हजार रुपिया सहयोग प्रदान गरिएको थियो ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतीथी संबीधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले नेपाली खेलकुदको इज्जत बढाउन तेक्वान्दोको सबैभन्दा बढी योगदान रहेको चर्चा गरे । कार्यक्रममा बिशेष अतीथी संबीधान सभा सदस्य सिद्धीलाल सिंह र नेपाल तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष सञ्जिव रेग्मी लगायतले शुभकामना दिएका थिए । कार्यक्रम ललीतपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मणीराज बिस्टको सभापतीत्वमा भएको थियो ।
ललीतपुर जिल्ला तेक्वान्दो संघका सचिव रमेस बिस्टले दिएको जानकारी अनुसार साधारण सभामा ५१ डोजांगका प्रतिनीधी तथा काडमाडौ र ललीपतुर जिल्लाका साथै नेपाल तेक्वान्दो संघका पर्यबेक्षकको उपस्थिती थियो ।

Comment