ह्यापिनेस र लीनीङको सहयोगमा बुटवलमा टेबल टेनिस सम्पन्न

बुटवल ओपन क्यास प्राइज तथा स्कुल लेभल टेबल टेनिस प्रतियोगिता २०७७ मा कान्तिका प्रीन्स थापा राइजिङ प्लेयर घोषित भए । उनी यु–१४ ब्याइजमा पहिलो भए । एनएचएसका अर्मन श्रेष्ठ दोस्रो तथा लुम्बिनीका रितिम गुरुङ , गौतम आचार्य तेस्रो भए ।
 यु–१८ ब्याइजमा लुम्बिनीका प्रवेश बस्नेत पहिलो,अक्सफोर्डका जतिन कसौधन दोस्रो तथा एनएचएसका सबिन खत्री र रबिन सुनारी तेस्रो भए । खुला महिला तर्फ अमृता थापा पहिलो,स्वीकृति श्रेष्ठ दोस्रो तथा गीता अर्याल र प्रकृति राना तेस्रो भए । प्रकृति खुला तर्फकी वेस्ट प्लेयर पनि घोषित भइन् । पुरुष खुला तर्फ आर्मीका विदित डिसी पहिलो,मोरङका नामजंग राई दोस्रो तथा सुनसरीका अनमोल विके र आर्मीका नारायण घिमिरे तेस्रो भए ।
डबल ह्यापिनेस स्पोर्ट्स ब्रान्ड र लीनीङको प्रयोजनमा बुटवलको देव नगरका भएको दुई दिने प्रतियोगिताको खुदा पुरुष तर्फ काठमाडौँका हिमाल बिस्ला वेस्ट प्लेयर घोषित भए । सो प्रतियोगिता बुटवल टेबल टेनिस एकेडेमीको आयोजनामा सञ्चालन भएको हो र
Comment