महिला लिग अर्को साता देखि

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग २० जनवरीबाट सुरु हुने भएको छ । प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । चौधण्डीगढी नगरपालिका, त्रिभुवन आर्मी क्लब,एपीएफ, विराटनगर महानगरपालिका,वालिङ नगरपालिका र नेपाल पुलिस क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन र समारोह दशरथ रङ्गशालामा हुने छ भने अन्य सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । विजयी टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने शीर्ष चारमा रहने अन्य टोलीले ८ लाख,५ लाख र ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । हरेक टोलीमा २३ खेलाडी र सात अफीसीयल गरी ३० जना समावेश हुने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छ भने उत्कृष्ट स्ट्राइकर, मिडफील्डर, रक्षक र गोलरक्षकले ५० हजार रुपैयाँ पाउने छन् । फेयर प्ले अवार्ड पाउने टोलीले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । तयारीका लागि सबै टोलीले १ लाख रुपैयाँ तथा कोभिड रिलीफ फन्डबाट थप ५० हजार रुपैयाँ पाउने छन् ।
Comment