रत्न, प्रिन्स, प्रफुल्ल र दीपेश अन्तिम चारमा

राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्न जित तामाङ, उदीयमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल्ल महर्जन र एपिएफका दीपेश धामीले योनेक्स सनराईज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
शुक्रवार गोल बजार कभर्डहलमा भएको क्वाटर फाइनल खेलमा रत्नले भोजपुरका विकास श्रेष्ठलाई २१।१८, २१।१८ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । अव रत्नले फाइनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स सँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१।११, २१।१७ ले पन्छाउँदै सेमीमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुल्ले एपिएफका गौतम कठायतलाई ९।२१, २१।१६, २१।१३ले पराजित गर्दै सेमिफाइनलमा एपिएफका दीपेश धामी सँगको भेट पक्का गरेका हुन् । दिनेशले आर्मीका रुकेश महर्जनलाई २१।१३, २१।९ ले पराजित गरे ।
राष्ट्रिय ब्याडमिन्टन सङ्घ र गोल बजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ एपिएफकी शोभा गौचनलाई २१।६, २१।१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अव सेमिफाइनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् । एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१।९, २१।१७ ले पन्छाइन् । यस्तै आर्मीकी रसिला महर्जनले विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशीलाई २१।१७, २१।७ ले पराजित गर्दै आर्मीकै अमिता गिरी सँगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनु माया राईलाई २१।१६, २१।९ ले पराजित गरिन् ।
गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका विशाल तामाङलाई २१।१३, २१।१५ ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरे । यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पूर्णबहादुर थापालाई २१।१३, २२।२०, कैलालीका देवराज रानाले पाँचथरका एसिया जबेगुलाई २१।११, २३।२१ले, कञ्चनपुरका विवेक चौधरीले सेनाका गोकुल जोरालाई २१।१४, २०।२२, २१।१४ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१।१५, ११।२१, २१।७ले, एपिएफका इन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१।१७, २१।८ले, सेनाका दिवस शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१।१५, २१।१२ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१।१६, २१।१५ ले पराजित गरे ।
महिला तर्फ खोटङ्गकी रेणुका राई, बाँकेकी समीक्षा न्यौपाने, विराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मिता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । रेणुकाले पाल्पाकी सुषमा बुद्धलाई २१।१४, २१।१४, समीक्षाले कञ्चनपुरकी बिना बिस्टलाई २१।१८, २१।१९ले, रोजले एपिएफकी निकिता लामालाई २१।१०, २१।५ले तथा अस्मिताले पाल्पाकी जानुका कनौजलाई २२।२०, २१।१८ ले पराजित गरे । यस्तै झापाकी अञ्जना राईले कैलालीकी प्रियान्सी बमलाई २१।१४, २१।७ले, एपिएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१।१५, १५।२१, २११३ले तथा खोटाङकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८।२१, १८।२१, २१।८ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएका हुन् । यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटर फाइनल प्रवेश गरेको डेपुटी रेफ्रि अनुप शाक्यले जनाएका छन् ।
उदीयमान खेलाडी प्रिन्सको विश्व बरीयतामा फड्को
नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले विश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले निकोलेको नयाँ वरीयता क्रममा प्रिन्स ११ औँ स्थानबाट तेस्रो स्थानमा उक्लँदै इतिहास रच्न सफल भएका हुन् । ७ औँ स्थानबाट डिसेम्बरमा ११ औँ स्थानमा पुगेका प्रिन्स विश्व ब्याडमिन्टन महासङ्घले आज निकालेको नयाँ बरीयतामा जुनियर यु १९ मा तेस्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले विश्व ब्याडमिन्टन बरीयतामा प्राप्त गरेको यो ठुलो उपलब्धि हो । यसका साथै दाहालले विश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पु¥याएका छन् ।
Comment