पुष्पलाल स्मृति ब्याडमिन्टन सुरु

योनेक्स सनराईज १० औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधवार सिराहाको गोल बजारमा सुरु भएको छ ।
नेकपा निकट खेलकुद महासङ्घ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन सङ्घ तथा गोल बजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासङ्घका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रम बिच उद्घाटन गरे । गोल बजार नगरपालिकाका मेयरको सभापतित्वमा भएको कार्यक्रममा सिराहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुर लगायत विभिन्न राजनैतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा खेलाडी तर्फ राष्ट्रिय नम्बर १ खेलाडी रत्न जित तामाङ र निर्णायकको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायक एवं प्रतियोगिता रेफसरि किरण कारञ्जितले प्रतियोगिताकोमर्यादालाई मध्यनजर राख्दै विश्व ब्याडमिन्टन महासङ्घ, एसियाली ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नीति, नियम भित्र रही सहभागी हुने र प्रतियोगिता खेल्ने खेलाउने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घसँग आबद्ध ४७ जिल्ला तथा तीन विभागीय टोलीका खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ ¥याङ्किङ्ग र महिला तर्फ राष्ट्रिय १२ ¥याङ्किङ्ग खेलाडीहरूको छुट्टै प्रतिस्पर्धा हुने छ । यस्तै त्यस बाहेक पुरुष र महिला एकल तथा युगल, ब्वाईज र र्गल्स १७ तथा भेट्रान्स ४५ माथि गरी ९ विधामा प्रतिस्पर्धा हुने छ ।
रत्न र प्रिन्सको विजयी सुरुवात
राष्ट्रिय नम्बर एक खेलाडी रत्न जित तामाङ र विश्व जुनियर नं. ११ औँ खेलाडी प्रिन्स दाहालले प्रतियोगिताको पहिलो दिन राष्ट्रिय १६ ¥याङ्किङ्गको प्रतियोगितामा आआफ्ना प्रतीद्धन्दीलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् । लिगको पहिलो खेलमा सेनाका रत्नले एपिएफका सुमन लिम्बुलाई २१ — ७, २१ — ११ ले तथा दोश्रो खेलमा एपिएफका गौतम कठायतलाई २१ — १८, २१ — १२ को जित निकाले । यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१—१६, २१—११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१—१२, २१—१३ ले पराजित गरे । यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१—११, २ १—७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१—१८, २१—११ को जित निकाले । सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१—८, १९—२१ र २१—८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१—१७, २१—२३, २४—२२ को जित निकाले । यसैगरि सेनका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९—२१, २१—१७, २१—१७ तथा दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१—७, २१—१३ ले पराजित गरे । जित निकालेर अघि बढ्ने क्रममा भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापामगरमाथी २१—१६, २१—१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१—१२, ९—२१, २१—१८ले, एपिएफका गौतम कठायतले धादिङ्गका सुदीप सेंढाईलाई २१—९, २१—१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२—२०, २१—१० ले पराजित गरे । प्रतियोगिताको अन्तिम लिग बिहिबार हुने रेफसरि किरण कारञ्जितले बताए ।
यस्ते महिला राष्ट्रिय १२ ¥याङ्किङ्ग लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङ्गकी तारा आलेलाई २१—१२, २१—११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१—६, २१—५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१—३, २१—३ ले तथा एपिएफकी जेशिका गुरुङ्गले मनिषालाई २१—५, २१—४ ले पराजित गरे । यसैगरि भोजपुरकी नङ्गशलदेवी तामाङ्गले विराट ब्याडमिन्टन क्बलकी २१—१९, २१—१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१—१५, २०—२२, २१—१५ ले पराजित गरे ।
पुरुष एलकलको राष्ट्रिय १६ ¥याङ्किङ्ग बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।
Comment