नबिन उत्कृष्ट प्रशिक्षक

नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष खेलाडी अवार्डका उत्कृष्ट प्रशिक्षक हुन सफल भएका छन् । उत्कृष्ट प्रशिक्षक घोषित नवीन नै नेपाली तेक्वान्दोका यस्ता प्रशिक्षक हुन् जो क्लब तह देखि राष्ट्रिय टोली सम्म सफलता दिलाउन उत्तिकै सफल रहे ।
राष्ट्रिय टोलीका पूर्व खेलाडी नवीन घाइते भए पछि काटेश्वर तेक्वानदो डोजाङ स्थापना गर्दै आफूलाई अब्बल प्रशिक्षकको रूपमा स्थापित गराउन सफल भएका थिए । उनले स्थापना गरेको सो डोजाङका खेलाडीले मात्र गत दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण पदक पाएका थिए ।
रेफ्रिको रूपमा एसियाली स्तरमै भिन्न छाप र छवि बनाएका नवीनले नै मुख्य प्रशिक्षक भए पछि नेपाली तेक्वान्दोको पुनरागमनलाई सफलता पूर्वक अघि बढाएका थिए ।
Comment