एथलेटिक्स टोली बङ्गलादेश प्रस्थान

वङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मङ्गलवार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।
प्रशिक्षकमा धनी राम चौधरी रहेका छन् । टोलीलाई नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे ।

Comment