थापाको संयोजकत्वमा खेलकुद महासङ्घ

अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । महासङ्घ केन्द्रीय न्युक्लीयसका संयोजक पृथ्वी थापाबाट हस्ताक्षरित विज्ञप्तिमा खेलकुद भित्रका विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउने जनाइएको छ । महासङ्घका इन्चार्जमा भैरव रेग्मी रहेका छन् । खेल विज्ञ र खेलकर्मीको बाक्लो उपस्थिति रहेको महासङ्घमा कराँतेमा समीर सिंह, आइीटएफका कुशल मगर र अर्का  मार्सल आर्टीस्ट विनोद गैह्रे रहेका छन् । यसै गरी, गोजुरियो कराँतेमा परिचित नाम बिसन सिंह खड्का पनि यस महासङ्घमा आबद्ध छन् ।
Comment