स्वर्ण विजेतालाई चित खुवाउँदै सिलवाल र थापाले पाए पदक 

बि.स २०५२ परिषद्का तत्कालीन उपाध्यक्ष सोमनाथ अधिकारी प्यासीको स्वकीय सचिवको रूपमा प्रवेश गरेका थापाले अधिकारीको कार्यकाल पछि राजीनामा नदिई परिषद्मा यथावत् रहेका थिए । उपाध्यक्ष पदमुक्त भए पछि स्वकीय सचिव स्वतः अवकाश पाउने प्रचलन भन्दा फरक शैलीले उनले खेलकुद परिषद्मा प्रवेश पाएका थिए । त्यसो त खेलकुद परिषद्मा यस अघि यसै गरी खराब .बाटोबाट प्रवेश गरेका कमल खनालले नै उनलाई सहयोग गरेको चर्चा छ ।
खनाल पनि कम्ती विवादास्पद व्यक्ति होइनन् । केशव विष्ट सदस्य सचिव रहेकै समयमा देव कुमार अधिकारी संयोजक रहेको कमिटीले खेलकुद परिषद्कै कर्मचारी कमल खनालले जागिर को सिलसिलामा किर्ते गरेको ठहर गर्दै कारबाही अघि बढाउन भने पनि खनाल अहिले परिषद्मा प्रथम श्रेणीका शक्तिशाली व्यक्तिको रूपमा कार्यरत छन् । उनी परिषद्को कर्मचारी मात्र होइन, नेपाली खेलकुदको नीतिगत निर्णय गराउन पनि महत्त्वपूर्ण भूमिका राख्न सक्ने व्यक्तिको रूपमा परिचित छन् । बि.स २०४८ मा तत्कालीन  शिक्षामन्त्री गोविन्द राज जोशीले उनलाई परिषद्मा भित्र्याएका थिए । अहिले नेपाली खेलकुदको कर्मचारीतन्त्रका शक्तिशाली र सत्ताका प्रिय मानिएका थापा र खनालको भूमिका त विवादास्पद नै थियो ।
राज्यको शक्तिमा पनि यिनको पहुँच त्यत्तिकै अस्वाभाविक देखिएको छ । यसैबिच,संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट प्रदान गरिने पदक थुप्रै खेलकर्मीले नपाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेस् सिलवाल र थापाले पाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन् । सिलवाल सु प्रबल जनसेवा श्री तृतीयबाट विभूषित भएका छन् । यसै गरी, थापाले प्रबल जनसेवा श्री चतुर्थ पदक पाएका छन् । सबैभन्दा आश्चर्य त के छ भने खेलाडीले भन्दा अधिकारीले प्राथमिकता पाएकोमा खेलकर्मीले असन्तुष्टि जनाइसकेका छन् । परिषद्मा पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले त टोली नेताको हैसियतबाट सम्पूर्ण खेलाडीले पदक नपाएकोमा क्षमा याचना नै गरेका छन् ।
उनले खेलकुद न्युजडटकमसंगको कुराकानीमा यसलाई खेलकुद मन्त्री र सदस्य सचिव बिचको द्वन्द्व परिणामको रूपमा पाएको बताए । उनले कुनै व्यक्तिले पायो यो पाएन मा  आफूले टिप्पणी गर्न नचाहेको बताए ।
पूर्व उपाध्यक्ष तिम्सिनाले आफूले मन्त्री र सचिवकै माझमा सबै स्वर्ण पदकधारी खेलाडीले सो पदक पाउनु पर्ने कुरा राखेको भए पनि मन्त्रीले यसलाई आफ्नो बसमा नभएको जनाएको समेत बताए । उनले भने, “ पाउनु पर्ने धेरैले नपाएर अन्यले पाउँदा पदक भिर्नेलाई पनि यसको भारले थिच्नु पर्ने हो । ”तिम्सिनाले सामाजिक सञ्जालमा स्वर्णधारी खेलाडी  सबैले पदक नपाएकोमा आक्रोश व्यक्त गरे जस्तै तिम्सिनाकै स्ट्याटसमा नेपाल बेसबल तथा सफ्ट बल सङ्घका महासचिव दीपक न्यौपानेले प्रतिक्रिया जनाएका छन् ।  उनले व्यङ्ग्यात्मक भाषामा सदस्य सचिव सिलवालको पदकको कुरा उठाउँदै नेपाल रत्न खाली राख्नुलाई आश्चर्य मानेका छन् । खेलाडीले नपाइ सदस्य सचिवले पाउनु कुरामा आफू असन्तुष्ट रहेको बताए ।
 धेरैले अख्तियारमा उजुरी परिरहेका सिलवाल र थापालाई पुरस्कृत गर्नुले भ्रस्टाचार बापतको पदकको संज्ञा पनि दिने गरेका छन् । कुनै समय नेपाल बक्सिङ सङ्घका अध्यक्ष रहँदा देखि नै सधैँ विवादमा आउने गरेका विष्णु गोपाल श्रेष्ठसँगको निकट सम्बन्ध र लाखौँ रुपैयाँको बारुदको विल नेपालका हरेक बेहद खेलकुदका चर्चा गरिने प्रसङ्ग भएका छन् । यसमा सधैँ जोडिने एउटा नाम कुल बहादुर थापा रहेका छन् । सत्ताको ताबेदार, अख्तियार मा चलेका मुद्दा, तिन महिनामा देखाउनु पर्ने हिसाब सार्वजनिक गर्न नसक्नु , फेरी खेलकुद शासनमा विराजमान हुनु । लगायतका विवादास्पद घटनाका पात्र सहितका सम्मानले कतै पदककै गरिमा त घटाएको छैन ।
Comment