डोजाङ प्रमुखको कोरोना बिमा


काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले काठमाडौँमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बिमा गरिदिएको छ ।
जम्मा १ सय ३ जनाको कोरोना बिमा गरिदिएको सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् । बिमा सेप्टेम्बर १५ देखि लागू भई १ वर्षसम्म कायम रहने छ । सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए । हात्तीसारस्थित एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बिमा गरिएको हो ।
बिमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम सङ्घले आफैले व्यवस्थापन गरेको हो । बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ, लन्डनका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेका हुन् ।

Comment