एनओसी महासचिव श्रेष्ठ कोरोना सङ्क्रमित,अवस्था सामान्य


नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ कोरोना भाइरसबाट सङक्रमीत भएको पुष्टि भएको छ ।
साउनको अन्तिम साता एनओसीका २ कर्मचारीमा कोरोना पुष्टि भएपछि कनट्याक्ट ट्रेसङका आधारमा गरिएको परीक्षणमा महसचिब श्रेष्ठलाई समेत कोरोना पुष्टि भएको हो । उनी सँगै एनओसीमा कार्यरत थप २ कर्मचारीमा समेत कोरोना पुष्टि भएको पाइएको छ ।
आफूलाई कोरोना सङ्क्रमण भए पनि आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको श्रेष्ठले बताए ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा सुरक्षित रूपमा बसेको महासचिव श्रेष्ठले बताए ।
श्रेष्ठले आफू नियमित रूपमा चिकित्सकको सल्लाह र निगरानीमा बसेको बताएका छन् । उनले कसैलाई नआत्तिई कन स्वास्थ्य प्रोटोकल अनुसार बस्न अनुरोध गरेका छन् ।
एनओसीमा कार्यरत कर्मचारीहरूको साउन ३२ गरिएको कोरोना परीक्षणमा २ जना कर्मचारी कोरोना पुष्टि भएको थियो । उनीहरूको कोरोना पुष्टि भए सँगै ३ भदौमा एनओसीका पदाधिकारी, कार्यसमितिका सदस्य तथा कर्मचारीहरू गरी २० जनाको कोरोना परीक्षण गरिएको थियो ।

Comment