राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप हुने


प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ ।
नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको अनुमति मा आगामी २०७७ भाद्र १० गते देखि १५ गते सम्म आयोजना गर्ने भएको हो । कोभिड-१९ कारणले केही महिना देखी खेलकुदको खुला गतिविधि बन्द भएको अवस्थामा कोभिड-१९ लाई मध्यनजर गर्दै अनलाइन भिडियो मार्फत भर्चुअल च्याम्पियनसिप आयोजकले गर्ने भएको छ । नतिजा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको केन्द्रीय टेक्निकल कमिटीबाट भदौ 20 गते नतिजा प्रकाशित हुने आयोजक नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष मनोज लामाले बताए । उक्त भर्चुअल च्याम्पियनसिपमा विजेता खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र प्रथम विजेतालाई रु. १०,०००, दोस्रो विजेतालाई रु.७,५०० र तेस्रो विजेतालाई रु. ५,००० नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

Comment