लक्ष्मी नारायण श्रेष्ठ मेमोरियल ट्रस्टको अर्को उल्लेख्य कदम


स्व. लक्ष्मी नारायण श्रेष्ठ मेमोरियल ट्रस्टले १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागि भलीबल टोलीका खेलाडीको कोरोना विमा गरेको छ ।
अध्यक्ष अञ्जु श्रेष्ठले हस्ताक्षरण गरेको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो । सुरुवाती पुस्ताका भलीबल खेलाडी लक्ष्मी नारायण पूर्व प्रशिक्षक तथा रेफ्रि समेत हुन् । जावलाखेल भलीबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष श्रेष्ठको नाममा यो ट्रस्ट स्थापित भए पछि भलीबल खेलमा सहयोगी कदम चाल्दै आएको छ । श्रेष्ठ खेलाडी र प्रशिक्षक रहदा जावलाखेलको टोली नेपाली भलीबलको माहत्वपूर्ण शक्तिको रुपमा समेत रहेको थियो ।

Comment