भ्रष्टाचार मुक्त खेलकुदको अभियानमा सुवास


राष्ट्रिय खेलकुद परिषद्को सदस्य भए पछि चितवनका सुवास श्रेष्ठले केही महत्त्वाकाङ्क्षी योजना बनाएका छन् । त्यसो त नेपाल ब्याडमिन्टन सङ्घको उपाध्यक्ष रहेका श्रेष्ठको पहिलो चासो कोभिड १९ को महामारी चली रहेको समयमा सर्व प्रथम त लायन्स क्लबसँगको सहकार्यमा १ सय जनाको पिसीआर टेस्टको योजना बनाएका छन् ।
खेलाडीको हित र भविष्यको बारेमा थुप्रै योजना भएका उनी अहिले यसै महामारीको समयमा देखिएको अनुशासन हीनताको बारे पनि चिन्तित रहेका छन् । शुभकामना र बधाई दिँदा र लिँदा मास्कको अनिवार्य प्रयोग र दुई मिटरको दुरी कायम नभए पछि यसले समाजमा नै गलत सन्देश गएको स्विकार्दै यसलाई सुधार गर्ने आवश्यकता देख्छन् ।
हाल बोर्डमा रहेका खेलकुद पृष्ठभूमि भएकाहरू नै भएका कारण आफ्ना योजना कार्यान्वयनमा सहज हुने विश्वास उनले राखेका छन् । यसो त लामो समय ब्याडमिन्टन खेलमा आबद्ध सङ्घ उपाध्यक्ष सुवास भ्रष्टाचार नै अहिलेको प्रमुख समस्या देख्छन् । भ्रष्टाचार मुक्त खेलकुदको अभियानमा सक्रिय रहने उनी बत्ताउँछन् ।

Comment