रहेनन् एथलेटिक्स प्रशिक्षक राई


सल्यानका एथलेटिक्स प्रशिक्षक रविन राईको निधन भएको छ । लामो समय देखि ब्रेन ट्युमर रोगसँग सङ्घर्ष गरिरहेका राईको सोमबार भक्तपुरको काठमाडौँ क्यान्सर अस्पतालमा बेलुका निधन भएको हो ।
दिवङ्गत राईको मङ्गलवार बिहान पशुपति आर्यघाटमा दाह संस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए । उनी सल्यान जिल्ला खेलकुद विकास समितिमा आबद्ध थिए ।
उनको निधनमा नेपाली खेलकुद परिवार र एथलेटिक्समा आबद्ध व्यक्तित्वहरूले समवेदना व्यक्त गरेका छन् ।

Comment