रमेश सिलवालका विरुद्धमा उजुरी


राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि २७ जनाले दिएको आवेदन माथि अध्ययन भइरहेको समयमा निवर्तमान सदस्य सचिव रमेश सिलवालको विरुद्धमा उजुरी परेको छ । १३ औ साग खेलको सन्दर्भमा बोल पत्र आह्वान गर्नु पर्नेमा सो नबढाई अन्तिम समयमा मन्त्री परिषद्को सोझै खरिद गर्न सक्ने निर्णयको गलत व्याख्या गरेको आरोप लगाइएको छ ।
उनले गरेको करोडौँ हिनामिनामा अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा थुप्रै निवेदन परे पछि राखेपमा तत्कालीन उपाध्यक्ष पीताम्बर तिम्सीनाललाई छानबिनको जिम्मेवारी दिइए पनि ४५ दिन पछि छानबिन गर्न नसक्ने भन्दै फिर्ता पठाएर सिलवाललाई सहयोग गरेको आरोपमा उल्लेख छ ।
जनक बड्तौलाले हस्ताक्षर गरेको उजुरीमा निवर्तमान सदस्य सचिवको निवेदनलाई बदर गर्दै कानुन अनुसार कारबाही अघि बढाउन माग गरिएको छ ।

Comment