“ नैतिक सवालमा त मन्त्रीपरिषद्को पनि ध्यान जानु पर्छ,” थापा

नेकपाका नेता एवं केन्द्रीय सदस्य लील बहादुर थापाले सदस्य सचिव पदमा आवेदन दिने २७ जनानै उपयुक्त भएको बताउँदै स्वच्छ र पारदर्शी छनोटको आह्वान गरेका छन् । २७ जनाको अन्तरवार्ता लिएर दृष्टिकोण सुनेर निर्णय गरे उपयुक्त हुने उनले बताए । उनले खेलकुद कुनै दल,नेता या गुट विशेषका लागि मात्र नभई सवैका लागि भएकाले साझा बहस र विगतको कामको समीक्षा हुनु पर्ने बताए ।
निवर्तमान सदस्य सचिव रमेश सिलवालले मन्त्री स्तरीय निर्णयबाट तीन महिनामा हिसाब सार्वजनिक गर्ने निर्णय गरे पनि त्यो नगरी कन फेरी अहिले पदको दाबी गरे पछि क्याबिनेटले नै यो कुरामा चासो ध्यान दिनु पर्ने बताए । “ यो गम्भीर विषय हो । यसलाई निर्णय गर्ने निकायले मनन गर्नु पर्ने विषय पनि हो । ” स्मरणीय छ सुरुमा मन्त्री स्तरीय निर्णय वे वास्ता गर्दै उनले हिसाब सार्वजनिक गरेका थिएनन् । अहिले फेरी क्याबिनेटले उनको पक्षमा निर्णय आधार नभएकोमा धेरैको सहमति रहेको छ ।
अखिल नेपाल खेलकुद महासङ्घको इन्चार्ज भइसकेका थापा विगतमा नेपाल आइटिएफका उपाध्यक्ष तथा नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष थिए । यी दुवै जिम्मेवारीमा उनी निर्विरोध भएका थिए ।

Comment