सागको हिसाब नसकी अर्को नियुक्ति कसरी ?


राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि निवर्तमान सदस्य सचिव रमेश सिलवालले फेरी निवेदन दिए पछि उनले केही समय अघि भनेको कुरा चर्चामा रहेको छ । सदस्य सचिव रहँदा नै सिलवालले पोखरामा पुगेर दरखास्त दिएर सदस्य सचिव नहुने बताएका थिए । युवा तथा खेलकुद मन्त्री जग सुनारसँग समेत कटु सम्बन्ध भइरहेको समयमा मन्त्रीको गृह जिल्ला पोखरामा पुगेर ऐनका बारे सकारात्मक धारणा राख्न नसक्नु र निवेदन नदिने कुरा गर्नुलाई अर्थपूर्ण मानिएको हो ।


त्यसो त १३ औ दक्षिण एसियाली खेलकुदको हिसाब सार्वजनिक गर्ने तिन महिनाको परिपत्र हुँदा त्यो हिसाब सार्वजनिक नगरी कुनै सरकारी ओहदाको निम्ति दिएको निवेदन कत्ति मान्य हुने भन्ने बहस छ छँदै छ ।

Comment