सरकारसँग पुरानो ढर्रा बाहेकका थुप्रै विकल्प

नयाँ बाटोमा हिँडाउने खुबी भएका पौडेल,खेल प्राज्ञ लामिछाने, कोर्टमा छाएकी अन्जु र काठमाडौँको खेलकुदलाई उचाइ दिएका ध्रुवको दावेदारी

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदको दाबी गर्नेको सङ्ख्या २७ पुगिसकेको छ । यी २७ मध्य खेलाडीको रूपमा परिचित अन्जु श्रेष्ठ र खेलकुद प्राज्ञको छवि बनाएका अच्युतम लामिछाने समेत रहेका छन् । यसै गरी लामो समय संस्थागत राजनीति र दलीय राजनीतिमा रहेका लील बहादुर थापा पनि समावेश पाएका छन् । यस्ता महत्त्वपूर्ण भूमिका हुने हरू धेरै जनाले दाबीसँगै आफू दरखास्त दिएर सदस्य सचिव नहुने बताएका निवर्तमान सदस्य सचिव रमेश सिलवाल पनि यी २७ मा समावेश भएका छन् ।


खेलकुदको पुरानो बाटो हिँड्ने यी अनुहारहरूको बिचमा आफैले नयाँ बाटो बनाएर अघि बढ्ने आदत भएका मेघराज पौडेलको पनि दाबी रहेको छ । नेपालका लागि खेलकुद खर्च गर्ने मात्र होइन, आम्दानीको श्रोत पनि हुन सक्छ भन्ने पौडेलको सहितको अगुवाइको उठेको मुद्दा पर्यटकीय र साहसिक खेलकुदको रूपमा अहिले स्थापित भइसकेको छ । विगत देखि मूलधार भनिएका खेलकुदले निराशा दिलाएको अवस्थामा गएको एसियाडमा प्याराग्लाइडिङले दिलाएको सफलताले सो मुद्दा शत प्रतिशत सही थियो भन्ने प्रमाणित पनि गरेको थियो । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्,“ मेघराज खेलकुदलाई फरक दृष्टिकोण सहित अगाडी बढाउन सक्ने व्यक्ति भएको प्रमाणित भइसकेको छ ।


त्यसो त कोरियाबाट विद्यावारिधि प्राप्त लामिछाने खेलकुदले आफ्नो ज्ञानको उपयोग गर्न चाहे जुनसुकै समयमा पनि तयार रहेको बताउँछन् । यसै गरी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा कार्यरत अन्जु श्रेष्ठ यी २७ मध्य खेलाडी जीवनमा सबैभन्दा सफल व्यक्तित्व हुन् ।
यी भन्दा बाहेक भलिबल सङ्घ र नेपाल आइटीएफमा रहेका लील बहादुर थापाले पनि सदस्य सचिव पदको दाबी गरेका हुन् । ह्यान्डबल सङ्घका अध्यक्ष रहेको तेज गुरुङले पनि सदस्य सचिवको दाबी गरेका छन् । नेकपाकी परिचित कार्यकर्ता मिना श्रेष्ठले पनि दाबी गरेकी छिन् ।
राखेपको सदस्य भइसकेका सुदिल शाही र विजय राईले दाबी गरेका छन् । यसै गरी, सुटिङ सङ्घको अनुभव बटुलेका रण बहादुर चन्द तथा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष ध्रुव राज न्यौपानेले पनि दाबी गरेका छन् । उनको कार्यकालमा काठमाडौँ जिल्ला खेलकुद विकास समिति चलायमान रहेको थियो ।यसै गरी, निवर्तमान सदस्य सचिव सिलवालको उल्लेख गरिए भन्दा खेलकुदमा कम समयको अनुभव कम समयको रहेको छ । साथै परम्परागत ढर्राभन्दा पृथक् देखिएको छैन ।

Comment