अशोक उत्कृष्ट निर्णायक

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए । पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी एनटीएबाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबैले पदक हात पार्न सफल भए । प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका थिए ।

Comment