प्रभुदासको अध्यक्षतामा ललितपुर हाप्किडो

प्रभुदास थापा मगरको अध्यक्षतामा ललितपुर जिल्ला मार्सल आर्ट्स हाप्किडो सङ्घ गठन भएको छ । नव गठित कमिटीमा सो सङ्घको उपाध्यक्षमा कपिल सागर जिन्दाजी गुरुङ र अनुजा थापा मगर रहेका छन् । यसै गरी, राम महर्जन सचिव तथा समीर गुरुङ कोषाध्यक्ष छन् । सुरज भुजेल, सूर्य तामाङ, साजन तामाङ र किशोर के. सी. सदस्य छन् ।
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका केन्द्रीय सदस्य अतुल राज पौडेलको अध्यक्षता र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत प्रसाद पराजुली को प्रमुख आतिथ्यमा भएको कार्यक्रम दक्षिण एसियाली हाप्किडो सङ्घ तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ अध्यक्ष काली बहादुर घर्ती मगर, नेपाल बक्सिङ सङ्घका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङ अन्तर्राष्ट्रिय रेफ्री/जज रामचन्द्र थापा मगर हाप्किडो केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, सचिव हुम प्रसाद खनाल र कोषाध्यक्ष इन्द्र महत लगायत प्रशिक्षक तथा खेलाडीहरूको पनि उपस्थिति थियो ।
पछिल्ला वर्ष सेमिनार र प्रतियोगिताहरूमा व्यस्त यो सङ्घ अहिले सङ्गठन पुनर्संरचनाको क्रममा छ । यसै सङ्घले नेपालमै विश्व च्याम्पियनसिपको आयोजना गर्ने तयारी समेत गरिसकेको छ ।
सन् २०२२ को अगस्ट २६,२७ र २८ मा काठमाडौँमा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा काठमाडौँमा हाप्किडो विश्व च्याम्पियनसिप आयोजना हुने छ । साथै सोही समयमा हाप्किडो वर्ल्ड क्लास सेमिनार पनि आयोजना हुने छ । सेमिनारमा विभिन्न देशका १५ ग्रान्डमास्टरले प्रशिक्षण दिने छन् ।

Comment