पुरानै लयमा फर्कन वन्दनाको विश्वास


वन्दना राईका लागि पछिल्ला वर्ष उपलब्धि मूलक बन्यो । नेपालगन्जमा भएको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी भएकी उनी यसै वर्ष नै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घबाट त्यस अघिको वर्षको उत्कृष्ट ह्यान्डबल खेलाडीको अवार्ड पाउन समेत सफल भइन् ।


सोही वर्ष भएको दक्षिण एसियाली खेलकुदमा उनी सहितको नेपाली टोली रजत पदक जित्न सफल भएको थियो । खेल जीवनमा एक पछि अर्को सफलता पाउँदै गएकी उनको प्रशिक्षण पनि अन्य खेलाडीको झैँ प्रभावित बनेको छ ।

घरमा रहेको समयमा आफैले प्रशिक्षण गर्ने गरेकी सबै समय सही अवस्थामा गए पछि पुराने लयमा फर्कन सक्नेमा विश्वस्त रहेकी छिन् । उनको मिहेनत र प्रशिक्षणलाई नजिकबाट नियाल्नेहरू उनी अझ राम्रो लयमा देखिन सक्ने सम्भावना व्यक्त गर्छन् ।। यस बिचमा पनि कठोर परिश्रम गरी रहेकी वन्दनाले लकडाउन र कठोर परिस्थितिका बाबजुद लगातार गरेको मिहेनतले उनलाई माथिल्लो उचाइमा पुग्न ठुलो सहयोग मिल्ने छ भन्ने विश्वास गर्ने आधार तय भएका छन् ।

Comment