एभरेस्टको निरन्तर सहयोग

एभरेस्ट तेक्वान्दो डोजाङ्गले विपन्न तथा पारा खेलाडी लाई नगद तथा खाद्यान्न सामाग्री वितरण गरेको छ । एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो प्रधान कार्यालय अमेरिकाबाट संस्थापक सिनियर मास्टर कुमार बहादुर कार्की तथा कल्पना कार्की बाट उक्त सहयोग प्राप्त भएको कुरा एभरेस्ट तेक्वान्दो नेपाल शाखाका उपाध्यक्ष बलराम कार्कीले बताए ।
पारा तेक्वान्दोका राष्ट्रिय खेलाडीलाई जनही ५ पाँच हजारका दरले पाँच जनालाई प्रदान गरियो । यसै गरी,दिलीप स्मृति तेक्वान्दो डोजाङ्ग का छ जना खेलाडीलाई एक बोरा चामल, दाल र तेल खाद्यान्न वितरण गरिएको छ । त्यसका साथै एभरेस्ट तेक्वान्दो नेपाल शाखाका सम्पूर्ण सदस्यलाई पनि खाद्यान्न वितरण गरिएको र आगामी दिनमा आवश्यकता अनुसार समस्यामा परेका खेलाडी लाई एभरेस्ट तेक्वान्दोले सहयोग गर्दै जाने कुरा नेपाल शाखा अध्यक्ष केशव थापाले जानकारी गराए ।
संस्थाका नेपाल शाखा सचिव सञ्जीव फुयाँलले सहयोगले धेरैको जीवनयापन केही सहज बनाउने विश्वास लिएको बताए । दिलीप स्मृति तेक्वान्दो डोजाङ्गका प्रमुख राजेन्द्र केसीले खेलाडीको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । नगद तथा खाद्यान्न वितरणमा थानेश्वर दर्लामी,नीरज गौतम,रजिन सिंह,तिलक ढुङ्गाना,ज्ञानी चुनारा र जित रानाको उपस्थिति रहेको थियो ।

Comment