मोडलिङ र मार्सल आर्टमा उत्तिकै सफल

मार्सल आर्टीस्ट तथा मोडल राम कुमार गुरुङको नयाँ प्रस्तुति लाखौँ कोसिस केही दिन पछि नै बजारमा आउने तयारी रहेको छ । यस अघि उनको पहिलो प्रस्तुति घाइते मुटु थियो । राजु लामाको गाएको यो गीतमा राजु लामाकै शब्द हो भने करण र अमनले निर्देशन गरेका हुन् । रामकुमारको साथमा अर्की मोडल मिना केसी रहेकी छिन् । यी दुईको जोडी पनि जमेको देखिन्छ ।


गोर्खा स्थायी घर भएका ईश्वर बहादुर र राममायाका छोरा रामकुमार सानै देखि भारतको पन्जाबमा रहँदै आएका छन् । उनी यस अघि पाँच वटा पन्जाबी गीतमा त्यहीँ रोजगारी गरिरहेका उनले करातेमा राम्रो दक्खल प्राप्त गरेका छन् । हाल गोजुरियोमा आबद्ध उनी नेपालमा रहँदा असल व्यक्तिको छवि भएका संघरत्न महर्जनको शिष्य थिए । मिहेनती स्वभावका रामकुमार किक बक्सिङका पनि उनी उत्तिकै राम्रा खेलाडी हुन् ।उनी भुन्टी टेलिसिरियलमा पनि आबद्ध थिए ।

पावर गेम र मार्सल आर्टका विविध विधामा दक्ष उनलाई धेरैले अत्यन्त मिलनसार व्यक्तिको रूपमा चिन्ने गरेका छन् ।

नेपाली गीतमा समेत अनुभव भएका यिनी बक्सींग र ताइक्वान्दोका समेत प्रशिक्षक हुन् । फिल्म क्षेत्रमा समेत संलग्न हुने उनको योजना रहेको छ । यी बहूमुखी प्रतिभाका धनी यी खेलाडी आफ्नो जन्मस्थल र देशको नामलाई चिनाउन आफू लागि पर्ने उनी बताउँछन् । आफ्नै आमा बाबुको आशीर्वादका कारण आफ्नो पाइलामा सफलता पूर्व अघि बढेको बताउने उनको आत्मविश्वास हेर्दा धेरै लामो फड्को मार्ने देखिन्छ ।

Comment