कोरोना महामारीमा पूर्व भलिबल खेलाडीको भूमिका

कोरोना महामारीले अव कति लामो समय हामीलाई थिलथिलो पार्ने अनिश्चित नै छ । तर, यस बिचमा महामारीमा बढाउन र महामारी नियन्त्रण गर्न दुवै कुरामा हाम्रै समाज भित्रकै व्यक्तिको भूमिका रह्यो । सबै खाले पेसा कर्मी र राजनीतिक व्यक्तिमा भिन्न भिन्नै भूमिका देखियो ।
त्यसो त अर्घाखाँचीको भूमिका स्थान नगरपालिका यस महामारीमा चर्चामा छ । आफूलाई महामारी शून्य बनाउने योजनामा रहेको भूमिका स्थानले नेपाल भित्रबाट आफ्नो नगरपालिकामा यो महामारी भित्रन त रोक्ने सफल भयो । तर, जब भारतबाट फिर्ता हुने क्रम सुरु भयो, त्यस पछि एक जनाको निधन पनि भयो । गाउँ आइपुग्नु अघि सीमामै भूमिका स्थानमा एक जनाको निधन भएको थियो ।
यसका बाबजुद व्यवस्थित क्वारेनटाइनको व्यवस्थापन र लकडाउनको अनुशासनमा भुमिकास्थान अग्रणी रह्यो ।


कुनै समयमा भलिबल खेलाडी झवी थापा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य हुन् । उनी आबद्ध दलको भुमिकास्थानमा राम्रो पकड छ । यसै दलको नेतृत्वदायी भूमिकाका कारण यो नगरपालिकामा एउटा सर्वदलीय संयन्त्र बन्यो । लकडाउनको समयमा बाहिरको कुनै व्यक्ति प्रवेश गर्न नदिने र नगरपालिकाको कुनै व्यक्ति बाहिर जान नपाउने नियम राखियो । साथै बाहिरबाट कोही आए कम्तीमा २१ दिन क्वारेनटाइनमा बसेर परीक्षण गराउन अनिवार्य गरियो ।
अहिले ठुलो भिड भुमिकास्थान आइपुगेको छ । यो भिड नियन्त्रण गर्न कठिन छ । तर, यहाँका सबै जिम्मेवारहरू त्यत्तिकै लागिपरेका छन् । यो सँगै रहेको प्युठानको झिम्रुक र मल्ल रानी गाउँपालिका पनि व्यवस्थित छ । प्युठानका यी दुवै स्थानमा राजमोको नेतृत्व रहेको छ । यसै गरी भुमिकास्थान नगरपालिका बोर्डमा राजमोको पकड छ । यो पकडलाई नेतृत्व गर्दै झवीले कोरोना विरुद्धमा अभियानमा कुशलता पूर्वक सक्रिय रही रहेका छन् । स्वार्थ रहित मानवतावादी सोच सहित अघि बढेका झवीको यो अभियानको पक्कै अर्थ रहने छ ।

Comment