कुमारको सहयोगी कदम

एभरेस्ट र्वल्ड क्लास तेक्वान्दो केन्द्रीय कार्यालय अमेरिका बाल्टिमोरले माइती नेपाललाई सहयोग गरेको छ । ५० बोरा चामल र ५ बोरा दाल सहित एक लाख पाँच हजार रुपैंया बराबरको खाद्यान्न नेपाल शाखाका उपाध्यक्ष मास्टर बलराम कार्कीले उपलब्ध गराएका हुन् । संस्थाका प्रमुख मास्टर कुमार कार्की, मास्टर कल्पना कार्की तथा नेपाल शाखाका अध्यक्ष केशव थापाको सहयोगी भावनाका कारण यो सहयोग उपलब्ध भएको जनाइएको छ ।

संस्थाका प्रमुख कुमार नेपालमा रहँदा देखि नै सामाजिक भावनाले प्रेरित व्यक्तित्वको रूपमा रहेका थिए । यसै गरी, अमेरिकामा रहँदा पनि उनले नेपाली तेक्वान्दोमा मात्र नभई अन्य सामाजिक क्षेत्रमा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।

Comment