अस्ट्रेलियाबाट सहयोग

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू द्वारा सञ्चालित नेप्लीज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाका सम्पूर्ण हिन्दु समाजको तर्फबाट महावीर पुनको आविष्कार केन्द्र कीर्तिपुरलाई १००० अस्ट्रेलियन डलर प्रदान गरिएको छ । विषम परिस्थितिमा अघिल्लो पत्तिमा काम गर्नेका लागि प्रदान गर्ने हेतुले उक्त रकम पठाइएको हो । सो रकम नेपालमा रहेका अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी तथा नेपाल तेक्वान्दो सङ्घ बाग्मती प्रदेशका सह कोषाध्यक्ष हरिहर ढुङ्गाना मार्फत प्रदान गरियो ।


अस्ट्रेलियामा रहेको सो हिन्दुवादी समाजकी अध्यक्ष प्रन्चना शर्माको नेतृत्वमा सो रकम सङ्कलन भएको हो । नेपालीहरू माझ धर्म, संस्कृति, रीतिरिवाज, नेपाली पनलाई बचाउँदै नेपाल र नेपालीको लागी सदाझैँ सहयोग पुर्‍याउन यो संस्था लागी परेको हो । महामारीको समयमा नेपालीको समस्यालाई सहजीकरण गर्न सो संस्थाका कोषाध्यक्ष प्रकाश ढुंडारी सक्रिय भएर लागी रहेका छन् ।

Comment