पिपिआइ निमार्णमा एभरेस्ट क्लबको सहयोग

एभरेष्ट यूनाईटेड क्लब मेलबर्न अस्ट्रेलियाले माहाबिर पुनबाट सञ्चालीत आबिस्कार केन्द्र, किर्तिपुरलाई सहयोग प्रदान गरेको छ । एभरेष्ट यूनाईटेड क्लबले जम्मा गरेको एकलाख बिस हजार रूपैयाँ अभिभावक संघ, नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशब पुरीले आविस्कार केन्द्रलाई हस्तान्तरण गरे । सो रकम कोरोना रोकथामका लागि पिपिआइ निमार्ण गर्न प्रयोग गरिने छ ।


स्थापना कालदेखि नै सामाजीक र मानविय सम्वेदनाका सवालमा सचेत यो क्लबमा विभिन्न देशमा रहेका उद्योग व्यसवालमा संलग्न व्यक्तिको संलग्नता रहेको छ । सो क्लबले अस्ट्रेलियामा भएको आगजनि, क्यान्सर रोगको उपचार र खेलाडीहरूलाई परेको समस्यामा सहयोग गर्दै आएको छ ।
यो समुहको नेपालमा माहा भूकम्पको समयमा पनी सहयोगी भुमिका रहेको थियो । यसै समुहको सहयोगबाट सफलता शिक्षा सदनका बालबालिकाहरू समेत लाभान्वित भएका छन् यस पटक राजन मास्केको अगुवाइमा रकम संकलन भएको हो ।

Comment