एसियाली कमिटीमा २२ नेपाली तेक्वान्दोकर्मी

विश्व तेक्वान्दो एसिया स्ट्यान्डीङ्घ कमिटीले आफ्ना विभिन्न उपसमितिमा २२ नेपालीलाई चयन गरेको छ । नेपाल तेक्वान्दो सङ्घले गरेको सिफारिसको आधारमा उनीहरूलाई चयन गरिएको हो । सल्लाहकार कमिटीका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष सञ्जीव रेग्मी चयन भएका छन् । यसै गरी, उपाध्यक्ष हरिश्वर पोख्रेल इथीक कमिटीमा,उपाध्यक्ष भोज बहादुर शाह शिक्षा कमिटीमा, उपाध्यक्ष दिल बहादुर वली नेतृत्व कमिटीमा तथा उपाध्यक्ष भानु बहादुर चन्द मार्केटिङ कमिटीमा चयन भएका छन् । कोषाध्यक्ष कसिम मिया धोबी पारालम्पिक कमिटीमा तथा मुख्य प्रशिक्षक तथा सङ्घका सचिव नवीन कुमार श्रेष्ठ क्योरोगी कमिटीमा रहेका छन् । सह कोषाध्यक्ष सुमन कुमार घले आर्थिक कमिटीमा रहेका छन् । यसै गरी, डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपीङ तथा मेडिकल कमिटीमा र सङ्घका सचिव दीपक विष्ट एथलेटिक्स कमिटीमा छन् ।
क्याडेट कमिटीमा संगीना वैद्य,प्रशिक्षक कमिटीमा श्रीमान् थापा मगर,कलेगेट कमिटीमा भरत महर्जन तथा विकास कमिटीमा कविराज खड्गी रहेका छन् । खेल कमिटीमा हिरा बहादुर थापा, न्यायिक कमिटीमा नन्द कुमार राई, मिडिया कमिटीमा हेमन्त डाँगी, पुम्से कमिटीमा मीन न्यौपाने, सस्टेनेबेलीटी कमिटीमा टिका प्रसाद लिम्बू, प्राविधिक कमिटीमा नोर्बु लामा, महिला कमिटीमा नन्दा बस्याल र युवा कमिटीमा कोसिस बहादुर खड्का चयन भए ।
कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश समसेर जबरा तथा महासचिव दीपराज गुरुङ्घले बिहीबार प्रमाणपत्र वितरण गरे ।

Comment