सेन्चुरी बैङ्कद्वारा नवौँ वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम

सेन्चुरी कमर्सियल बैङ्कको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा बैङ्कको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर,रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरियो । चाबहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरूदेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि३५जनाभन्दा बढीको सहभागिता थियो ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको वार्षिक कार्यक्रममा बैङ्कले महेन्द्र माध्यमिक विद्यालय हेलम्बु ६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसै गरी बैङ्कले “आवर चाइल्ड केयर” अनाथ आश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।

Comment