बक्सिङ टोली फर्कियो

जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भई नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।
मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता हुन् ।
सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनै पनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ सङ्घले जनाएको छ । मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलि शेर राखिमोभ रहेका छन् । टोलीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Comment