सेन्चुरी कमर्सियल बैङ्क र होटेल अतिथि बिच सम्झौता


सेन्चुरी कमर्सियल बैङ्क र कोहलपुर ११, मेडिकल कलेज लाइन बाँकेस्थित होटेल अतिथि बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले होटेलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटेल अतिथिका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरे ।

Comment