बक्सिङ टोली जोर्डन प्रस्थान

टोकिया ओलम्पिक– २०२० अन्तर्गत एसियन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिवार जोर्डनको अमान प्रस्थान गरेको छ ।
मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सनिल शाही तथा महिला ५७ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्णधारी हुन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा विदेशी प्रशिक्षक अलिशेर राखिमोभ रहेका छन् ।
यसअघि उक्त छनोट प्रतियोगिता फेब्रुअरी ३ देखि १४ तारिखसम्म चीनको वुहानमा हुने भनिएको थियो । कोरोना भाइरसका कारण प्रतियोगितालाई जोर्डनमा सारिएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले लगायतले शनिवारै एक कार्यक्रमबिच बिदाइ गरे ।

Comment