पुनम छनोट


नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधवार छनोट भएकी छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशील थापा मगरले रामेछापका सुवास तामाङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौँका सनिल शाहीले फाइनल यात्रा तय गरे । अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।

Comment