मच्छिन्द्र यस वर्षको लिग च्याम्पियन

सानमिगेल मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक लिग फुटबलको उपाधि जित्न सफल भएको छ । शनिवार भएको अन्तिम खेलमा मच्छिन्द्रले नेपाल आर्मी क्लबलाई १–० ले पराजित गरेको हो । ३३ औ मिनेटमा रञ्जित धिमालले प्रहार गरेको फ्रिकीक क्लियर गर्ने प्रयासमा विकास तामाङले आत्मघाती गोल गरे पछि मच्छिन्द्रले जित हात पारेको हो ।
खेलको दौरान आर्मी क्लब प्रभावकारी देखिए पनि ५० औ मिनेटमा मच्छिन्द्र अर्को एक पटक गोलको नजिक पुगेको थियो । अमेलाजे सोमीडेलाई रोक्दै कप्तान भरतले टोलीको सङ्कट टारेका थिए ।
विजयी मच्छिन्द्र ३१ अङ्क सहित पहिलो हुँदा २९ अङ्क सहित आर्मी तेस्रो र २८ अङ्क सहित एमएमसी तेस्रो भए । २६ अङ्क भएको थ्री स्टार चौथो भयो ।

Comment