नबिता र सोनु थापा क्वाटर फाइनलमा


नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रदीप रोका तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
श्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ को समान नतिजामा पराजित गरे । पुरुष सिंगल्समै सीसीआरसीका आरिश महर्जनले नेपाल आर्मीका बोधित केसीलाई ४–३, एपीएफका अमरलाल मल्लले ललितपुरका रितिज जोशीलाई ४–०, प्रहरीका राकेश महर्जनले आर्मीका कृष्ण थापा मगरलाई ४–२, भारतका आदर्श ओम क्षेत्रीले आर्मीका नारायण घिमिरेलाई ४–०, काठमाडौँका चन्दन शाहीले बाँकेका टेन्डी शेर्पालाई ४–२ र प्रहरीका विनेश खनियाले एपीएफका विलोश श्रेष्ठलाई ४–० ले हराउँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरे ।
ललितपुर जिल्ला टेनिस क्लबको आयोजना तथा सम्झना क्लिनिकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी नबिता श्रेष्ठले आर्मीकी दिया देउलालाई ४–०, प्रहरीकी सोनु थापा मगरले विजेश्वरीकी मारिया थापा मगरलाई ४–०, एपीएफकी सिक्का सुवालले प्रहरीकी मञ्जु सुवाललाई ४–०, आर्मीकी रविना महर्जनले विजेश्वरीकी अनुष्का प्रसाईँलाई ४–१, एपीएफकी अनिता महर्जनले एपीएफकै इभाना थापा मगरलाई ४–३, प्रहरीकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–१, भारतकी ममता प्रभुले विजेश्वरीकी सुस्मिता खड्कालाई ४–० र आर्मीकी दीक्षा तामाङले प्राइमकी निकिता कस्तीलाई ४–१ ले पाखा लगाउँदै क्वाटर फाइनलमा स्थान पक्का गरे । शुक्रवार क्वाटर फाइनल र सेमिफाइनल खेल हुने छ ।

Comment