नर्स एथलेटिक्स मिटको तयारी पुरा

ब्लुक्रस अस्पताल र डा खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा शनिवार तेस्रो नर्स एथलेटिक्स मिट हुने भएको छ । स्वयम्भू एपीएफ मैदानमा हुने प्रतियोगितामा १ सय मिटर, दुई सय मिटर र चार गुणा सय मिटर रिले स्पर्धा हुने छ । साथै स्वयम्भूमै रोड रेस पनि आयोजना हुने छ ।
“ रन फर कमिटमेन्ट ,रन फर विनर” ” नारा रहेको सो रेसको उद्देश्य नर्सलाई उत्कृष्ट पर्फमेन्स गर्ने भावना जागृत गराउने रहेको डा खगेन्द्र बहादुर श्रेष्ठले बताए । यसै गरी रिलेले सहकार्यको भावना जागृत गराउने पनि उनले बताए ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रजवलमान श्रेष्ठले प्रतियोगिताको तयारी सकिएको जानकारी दिए । ३२ अस्पतालका ४१० नर्सको सहभागिता रहने स्पर्धामा उपाधि विजेताले १० हजार, उपविजेताले ७ हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी रिलेमा पहिलो हुने टोलीले २० हजार रुपैयाँ पाउने छ ।

Comment