मच्छिन्द्र शीर्ष स्थानमा

मच्छिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा मच्छिन्द्रले एपीएफलाई २–१ ले हराएको हो । ४३ औ मिनेटमा रमेश दंगालको गोलमा एपीएफले अग्रता लिए पनि ५८ औ मिनेटमा विशाल राईले मच्छिन्द्रका लागि बराबरी गोल गरेका थिए । यसै गरी,७९ औ मिनेटमा रञ्जित धिमालले विजयी गोल गरे ।
तीन खेल बाकी रहेको मच्छिन्द्रको २२ अङ्क छ भने चार खेल बाँकी रहेको आर्मीको २० तथा एमएमसीको १९ अङ्क छ ।
अर्को खेलमा सरस्वती क्लबलाई ४–० ले हराउँदै थ्री स्टार क्लब चौथो स्थानमा उक्लेको छ । थ्री स्टारका लागि सन्जोग राईले तीन तथा लाल राम मभराले एक गोल गरे ।

Comment